बागलुङमा जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित

-



     सफल आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित



बागलुङ, ७ मंसिर । राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी बागलुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचित केसीले २१ हजार ४५१ मत ल्याएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद पाठकले १८ हजार ८२५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले जनाएको छ।

निवर्तमान सांसद केसी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन् । केसी निर्वाचित भएको बागलुङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कंडेलले ९ हजार १८१, राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९ सय ३, नेपाली कांग्रेस ९विपि०का शिवलाल सापकोटाले १ सय २५ र स्वतन्त्र चन्द्र बहादुर क्षेत्रीले १ सय ९३ मत प्राप्त गरेका छन् ।