गरिमा बैंकको १६औं वार्षिकोत्सव विविध कार्यक्रम गरी सम्पन्न

-



     सफल आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित


काठमाडौं, ७ मंसिर । गरिमा विकास बैंक लिमिटेड आज आफ्नो स्थापनाकालको १५औं वर्ष पूरा गरी १६औं वसन्तमा प्रवेश गरेको छ । एक्सेस टु अल मूल नारा रहेको बैंकले १६ औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।

विगत वर्षहरुमा समेत महत्वका साथ प्राथमिकतामा राख्दै आएको रक्तदान कार्यक्रमलाई बैंकले यो पटक पनि निरन्तरता दिएको छ । यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट (काठमाडौं) एवं कोहलपुर (बाँके), बेनि (म्याग्दी), बुटवल (रुपन्देहि), वालिङ (स्याङ्जा), पोखरा (कास्की), नारायणगढ (चितवन), मलंगवा (सर्लाही) र चन्द्रगढी (झापा) मा रहेका यस विकास बैंकका क्लष्टर तथा शाखा कार्यालहरुबाट बृहत रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार रक्तदान कार्यक्रमहरुमा जम्मा ६१३ युनिट रगत संकलन भएको छ । यस बाहेक आजैदेखि बैंकले क्रेडिट कार्डको शुभारम्भ पनि गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

हाल यस विकास बैंकले ७२ अर्ब निक्षेप संकलन गरेको छ भने बैंकको ६३ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ७ लाख ग्राहकहरुलाई सेवा पुर्याइरहेको र आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर सन्तोषजनक तथ्य प्रस्तुत गरिरहेको बैंकको दावी छ ।