माओवादी केन्द्रका अध्यक्ष दाहाल गोरखाबाट निर्वाचित

-



     सफल आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित



गोरखा, ८ मंसिर । गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी भएका छन् । 

बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्ष दाहालले २६ हजार १ सय ३ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई  १३ हजार ४ सय ६६ मतले पछाडि पार्दै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुर्लाकोटीले कुल १२ हजार ६ सय ३७ मत पाएका छन् ।

दाहालको प्रतिस्पर्धामा आउने आकलन गरिएका नेपाल कम्युनिष्ट पार्टी एमालेका अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा रहेका छन् । उनले ७ हजार ३ सय ९३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए । गोरखा क्षेत्र नम्बर २ मा कुल ५३ हजार ९ सय ७८ मत खसेको थियो ।