पिपुल्स हाइड्रोपावरको आईपीओ बाँडफाँट

-



     सफल आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित


काठमाडौं, ८ मंसिर । पिपुल्स हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत कात्तिक २५ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको आईपीओ कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनिमा क्यापिटलको कार्यलय नक्सालमा बुधबार साँझ ४ बजे बाँडफाँट भएको हो ।

आईपीओका लागि १२ लाख ७७ हजार ५९ जना योग्य आवेदकबाट १ अर्ब ३७ करोड ८५ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ८५ हजार २२० कित्ता सेयरको लागि आवेदन परेको कम्पनीले जनाएको छ । यो आँकडा सर्वसाधारणका लागि निष्कासन गरिएको ५१ लाख ५७ हजार ८८० कित्ताको २.६८ गुणा बढी हो ।

कम्पनीको सेयरका लागि माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गरिएको बिक्री प्रबन्धक सनिमा क्यापिटलले जनाएको छ । त्यस अनुसार सेयर वितरण गर्दा योग्य आवेदकमध्ये ५ लाख १५ हजार ७८८ जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकीको भने हात खाली रहेको छ ।

कम्पनीका अनुसार हाल चुक्ता पुँजी २ अर्ब ४० करोड रुपैयाँ रहेकोमा आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणलाई गरी ८० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।