भारी मतान्तरसहित चितवन २ मा रवि लामिछाने विजयी

-



     सफल आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित



चितवन, ८ मंसिर । चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरका साथ रवि लामिछाने विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका हुन ।

घन्टी चिन्हका लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरे । श्रेष्ठ गठबन्धनबाट साझा उम्मेदवार थिए । यस्तै नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ तेश्राेमा रहँदै १४ हजार ६४९ मत ल्याए ।

२०७४ सालको निर्वाचनमा साे क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल विजयी भएका थिए ।