
भक्तपुर, ८ मंसिर । भक्तपुर क्षेत्र नं १ नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल भारी मतले विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनामा सुवाल ४२ हजार ७ सय ५९ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज गेलालले ११ हजार ९ सय ५८ मत प्राप्त गरे । सुवालले गेलाललाई ३० हजार ८ सय १ मतान्तरले पछि पारेका हुन् ।
त्यसैगरी राप्रपाका भरतबहादुर खड्काले ९ हजार ३ सय ३ र सत्ता गठबन्धनका तर्फका साझा उम्मेदवारका रुपमा नेकपा (माओवादी केन्द्र)का सुनिल गोठेले ३ हजार २ सय ८३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिए ।
भक्तपुर १ मा २०७४ सालको निर्वाचनमा नेमकिपाका सुवाल ३३ हजार ७६ मतका साथ विजयी भएका थिए । उनका प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८ सय १८ र माओवादी केन्द्रका मिलन सुवालले १५ हजार ३ सय ७४ मत प्राप्त गरेका थिए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार भक्तपुर क्षेत्र नं १ मा कुल १ लाख १ हजार २ सय ६१ मतदाता रहेका छन् । त्यसमध्ये ४९ हजार ८ सय ३९ पुरुष र ५१ हजार ४ सय २२ महिला छन् ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



