
संयुक्त राष्ट्रसङ्घ, ८ मङ्सिर । जर्मनीले मालीबाट आफ्ना शान्ति सैनिकहरु फिर्ता गर्ने भएको छ । आगामी सन् २०२४ को मे महिनादेखि आफ्ना सेना फिर्ता गर्ने भएको जानकारी गराएको हो ।
संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले सो कुराको जानकारी गराए। उनले जर्मनीले आफ्ना सेना फिर्ता गर्न लागेकामा धन्यवाद पनि दिए । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका उपप्रवक्ता फराह हकले जर्मन सरकारले यसअघि मालीमा जारी रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनमा जर्मन सरकारले शान्ति सैनिक सहयोग गरेकोमा पनि धन्यवाद दिए ।
मालीबाट विभिन्न देशले आफ्ना सैनिक फिर्ता गर्ने घोषणा गरिरहेका छन् । जर्मन यसरी आफ्ना सेना फिर्ता गर्ने पछिल्लो देश बनेको पनि उपप्रवक्ता हकले जानकारी दिए।
मालीमा जारी आन्तरिक युद्धका कारण यहाँका नागरिकको सुरक्षार्थ संयुक्त राष्ट्रसङ्घीय मिसन, मिनुस्मा जारी रहेको छ । यस मिसनमा विश्वमा विभिन्न देशले आफ्ना सेना सहयोग गरेका थिए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




