
त्रिपोली, ८ मङ्सिर । लिबियामा युद्धका क्रममा बाँकी रहेका विस्फोटक पदार्थप्रति संयुक्त राष्ट्रसङ्घीय निकायहरुले चासो व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफ र संयुक्त राष्ट्रसङ्घीय माइन एक्सन सर्भिस्, युएनएमएसले यस विषयमा चासो व्यक्त गरेका हुन् ।
युद्धका क्रममा बाँकी रहेका विस्फोटक पदार्थहरुबाट यहाँका बालबालिकाको ज्यान जाने क्रम बढ्दै गएको प्रति यी संस्थाले सो चासो व्यक्त गरेका अधिकारीहरुले जानकारी दिएका छन् । यसहप्ता अर्का एकजना बालकले पनि यहाँ बेवारिसे अवस्थामा फालिएको ग्रिनेड खेलाउने क्रममा ज्यान गुमाउनु परेको भन्दै ती संयुक्त राष्ट्रसङ्घीय संस्थाले यस विषयमा लिबियाली सरकार र यहाँका सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।
युद्धका क्रममा फालिएका यस्ता ग्रिनेट तथा अन्य विस्फोटक पदार्थहरु बालबालिकाले खेलौना भनेर खेलाउने र ती विस्फोट हुँदा उनीहरुको ज्यान जाने क्रम बढेको बताइएको छ । यसरी बेवारिसे अवस्थामा फालिएका सबै प्रकारका विस्फोटक पदार्थहरुको व्यवस्थापनका लागि संयुक्त राष्ट्रसङ्घीय निकायहरुले यहाँको सरकारको ध्यानाकर्षण गराएका छन् ।
यस विषयमा सबैलाई जानकारी दिने, नागरिकमा सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्ने र बेवारिसे अवस्थामा फालिएका यस्ता वस्तुहरु नछुने सुनिश्चितता नागरिकमा गराउन पनि आग्रह गरिएको समाचारमा जनाइएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




