चितवन-१ बाट रास्वपाका ढकाल निर्वाचित

-



     सफल आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित


चितवन, ८ मंसिर । चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार ५ सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् ।

ढकालले ३४ हजार १ सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार ६ सय ८ मत प्राप्त गरे । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९ सय नौ मत प्राप्त गरे । सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । यसमध्ये ३ हजार ६ सय २१ मत बदर भई ९१ हजार ४ सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

उक्त क्षेत्रको प्रदेशसभा १ मा नेकपा (एमाले)का जगन्नाथ थपलिया विजयी भएका छन् । थपलियाले १७ हजार ६ सय ८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार ७ सय १२ मत पाएका छन् । यो प्रदेशमा ४३ हजार ८ सय ३६ मत खसेको थियो ।

यस क्षेत्रको प्रदेशसभा २ मा नेकपा (एकिकृत समाजवादी)का कृष्णप्रसाद खनाल विजयी भएका छन् । खनालले १५ हजार ५ सय ७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार ७ सय ६८ मत प्राप्त गरे । यस प्रदेशमा ५१ हजार १ सय ३६ मत खसेको आयोगले जनाएको छ ।