हिंसाविरुद्धको संयुक्त राष्ट्रसंघ दिवसको पूर्वसन्ध्यामा अफगानमहिलाद्वारा प्रदर्शन

-



     सफल आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित


Women gather to demand their rights under the Taliban rule during a protest in Kabul, Afghanistan, Friday, Sept. 3, 2021. As the world watches intently for clues on how the Taliban will govern, their treatment of the media will be a key indicator, along with their policies toward women. When they ruled Afghanistan between 1996-2001, they enforced a harsh interpretation of Islam, barring girls and women from schools and public life, and brutally suppressing dissent. (AP Photo/Wali Sabawoon)

काबुल, ८ मङ्सिर । संयुक्त राष्ट्रसङ्घको महिला हिंसा उन्मूलन दिवसको पूर्वसन्ध्यामा एक दर्जनभन्दा बढी अफगानी महिलाले आफ्नो अधिकारलाई मान्यता दिन माग गर्दै बिहीबार काबुलमा प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवस हरेक वर्ष नोभेम्बर २५ का दिन मनाइन्छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार अफगानिस्तानमा महिला तथा बालिकाविरुद्ध हुने हिंसा र विश्वमा सबैभन्दा व्यापक रूपमा मानव अधिकार उल्लङ्घनको रूपमा रहेका छन् । महिलाविरूद्धको हिंसाले अफगानिस्तानको तीनमध्ये एक महिलालाई प्रभावित गरेको छ । गत वर्षको अगष्टमा तालिवान सत्तामा फर्किएपछि अफगानी महिलाहरू सार्वजनिक अधिकारबाट वञ्चित भएका छन् ।

यसको विरोधमा साना समूहहरूले आकस्मिक रूपमा गरेका विरोध प्रदर्शनले कहिलेकाहीं हिंस्रक रूप लिएपनि प्रायःजसो तिनीहरू तुरुन्तै बन्द हुनेगरेका छन् । एक प्रदर्शनकारीले बोकेका दारी भाषामा लेखिएको प्लेकार्डमा लेखिएको छ, “हामी (अफगानी महिला) अन्त्यसम्म आफ्नो अधिकारका लागि लड्नेछौं र आत्मसमर्पण गर्ने छैनौं । उनीहरूले ‘महिला, जीवन र ऐक्यबद्धता’ को नारा लगाएका थिए ।

समूहका अधिकांश सदस्यले गाढा कालो चश्मा लगाएका थिए, टाउको बुर्काले ढाकेका थिए र सर्जिकल मास्कले अनुहार छोपेका थिए । तालिवान लडाकूहरूले कारबाहीलाई नजिकबाट नियालिरहेका थिए भने गुप्तचर सेवाका अधिकारीहरू बोकेका कारहरूले छिमेकलाई घेरेका थिए । आयोजकका अनुसार तालिबान प्रशासनले तीन जना प्रदर्शनकारीलाई केही समयका लागि हिरासतमा लिएको र उनीहरूलाई ‘अपमानित र दुरूत्साहित’ गरेका छन् ।

“तालिबान महिलाहरूको गतिविधिबाट निकै डराउँदछ, त्यसैले उनीहरूले महिलाहरूलाई पक्राउ गरेर र जेलमा राखेर घरमा बस्न डराउने प्रयास गर्छन्,” नाम नबताउने शर्तमा एक आयोजकले एएफपीलाई बताए । “तालिबानको शासनकालमा अफगानी महिलालाई पुरूषसरह मान्यता दिइएको छैन ।

आज, महिलाहरू काममा जान, अध्ययन गर्न वा सजिलै अन्य क्रियाकलाप गर्न पनि सक्दैनन् । तालिबान सत्तामा फर्केपछि अधिकांश महिला सरकारी कर्मचारीले आफ्नो रोजगारी गुमाइसकेका छन् वा उनीहरूलाई घरमै बस्नका लागि थोरै रकम दिइएको छ । महिलालाई पुरुष नातेदारबिना यात्रा गर्न निषेध गरिएको छ र घरबाहिर निस्कँदा बुर्का वा हिजाबले छोप्नुपर्छ ।

यसै महिना तालिबानले महिलाहरूलाई पार्क, फनफेयर, जिम र सार्वजनिक स्नानमा प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो । देशका अधिकांश भागमा किशोरीका लागि बनाइएका विद्यालय पनि बन्द गरिएका छन् । बुधबार मध्य प्रान्त उरुज्गानका दूरसञ्चार अधिकारीहरूले महिलाहरूलाई अब मोबाइल फोनको सिमकार्ड किन्न अनुमति नदिइएको बताएका थिए ।