बैंक अफ काठमाण्डूको सेयरमूल्य नेप्सेमा समायाेजन

-



     सफल आवाज    
     मंसिर ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ मंसिर । बैंक अफ काठमाण्डूको सेयरमूल्य नेप्सेमा समायाेजन भएकाे छ । बैंककाे ६ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा समायोजन भएको हाे ।

बैंकले मंसिर २३ गते २८औँ वार्षिक साधारण सभा बाेलाएकाे छ। साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरिएपछि सेयरमूल्य समायोजन भइ नयाँ सेयरमूल्य कायम गरिएकाे हाे ।

समायोजनपछिकाे सेयरमूल्य २१४ रुपैयाँ २५ पैसा रहेकाे छ। असार १ गते अन्तिम कारोबार प्रतिकित्ता २२७ रुपैयाँ १० पैसामा भएकाे थियो।

अफ काठमाण्डू मर्जरकाे प्रक्रियामा गएकाे छ । ग्लोबल आइएमई बैंकसँग मर्जर प्रक्रियामा रहेकाेले यसकाे असार २ गतेदेखि सेयर कारोबार रोक्कामा छ।

मंसिर २३ गते बैंककाे २८ औँ वार्षिक साधारण सभा काठमाडौं टुँडिखेलमा रहेकाे त्रिभुवन आर्मी अफिसर्स क्लबमा पूर्वान्ह १० बजे बाेलाइएकाे छ। सभाबाट ६ प्रतिशत बोनस सेयर र त्यसकाे कर प्रयोजनका लागि १४.९५ प्रतिशत नगद लाभांशसहित २०‍.९५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ।

सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरका लागि तयारी गरिएकाे अन्तिम सम्झौता पत्रलाई अनुमाेदन गर्ने, बाँकी कामलाई अन्तिम स्वीकृती दिने र १ बराबर १ सेयर स्वाप अनुपात रहने लगायतका प्रस्तावहरु पारित गर्ने भएकाे छ।