
काठमाडौं, १० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएकाे जनाएकाे छ। देशका सुदुरपश्चिम र लुम्बिनी प्रदेशका तराई भुभागका केहि स्थानमा हुस्सु लागेको र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।
मंसिर १० गते (शनिबार)
दिउँसो: देशका हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
मंसिर ११ गते (आईतबार)
दिउँसो: प्रदेश नं १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भु-भागका केही स्थानमा आंशिक बदली रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भु-भागका केही स्थानमा आंशिक बदली रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।
मंसिर १२ गते (सोमबार)
दिउँसो: प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भु-भागका केही स्थानमा आंशिक बदली रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भु-भागका केही स्थानमा आंशिक बदली रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
तराई भु-भागमा हुस्सु/कुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



