यी ७ नयाँ लघुबीमा कम्पनीले पाए लाइसेन्स

-



     सफल आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ मंसिर । सरकारले ७ वटा नयाँ लघुबीमा कम्पनीलाई  लाइसेन्स प्रदान गरेको छ । ७ नयाँ लघु बीमा कम्पनीले नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स पाएका हुन् । लघुबीमाका लागि ३१ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये प्राधिकरणले ७ वटालाई लाइसेन्स दिएको हो । लाइसेन्स पाउनेमा ३ वटा जीवन लघुबीमा र ४ वटा निर्जीवन लघुबीमा कम्पनी रहेका छन् ।

लाइसेन्स पाउनेमा जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफ रहेका छन् । यस्तै निर्जीवनतर्फ ट्रष्ट माइक्रो, नेपाल माइक्रो, स्टार माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेका छन् ।

साविक बीमा समितिले भदौ १० गते ३५ दिने म्याद राखेर हरेक प्रदेशमा एउटा पाउने गरी ७ वटा लघुबीमा कम्पनीको लाइसेन्सका लागि आवेदन आह्वान गरेको थियो । जसमा १५ जीवन र १६ निर्जीवन गरी ३१ कम्पनीले आवेदन दिएका थिए । आवेदक कम्पनीहरुको मूल्यांकन गरी प्राधिकरणले हरेक प्रदेशमा १-१ वटा गरी ७ लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत लघुबीमा कम्पनी स्थापना गर्ने घोषणा गरेको थियो । सोही अनुसार बीमाको दायरा र पहूँच विस्तार गर्न भन्दै सरकारले नयाँ कम्पनीलाई लाइसेन्स वितरण गरेको हो ।