
काठमाडौं, १२ मंसिर । राष्ट्र बैंकले ब्याजदर घटाउने गरी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । बैंकहरुको औसत ब्याजदर अन्तर घटाएको छ । वाणिज्य बैंकहरुको स्प्रेड दर ४.४ प्रतिशत रहेकोमा घटाएर ४ प्रतिशत बनाइएकाे छ ।
विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गरिएकाे छ । यसबाट बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर र कर्जाको ब्याजदर घट्ने भएकाे छ । बैंकले प्रिमियमसम्बन्धी व्यवस्थाका बारेमा अनुगमन गर्ने बताए ।
लघुवित्त वित्तीय संस्थाले २०७९ माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने भएकाे छ । चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई आएका सुझाबका आधारमा सम्बोधन गरिने भएकाे छ ।
बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा २०८० असार मसान्तको आधारमा २०८० पुसदेखि जरिवाना गणना गरिने भएकाे छ ।
यसले पूँजी बजारलाइ पनि सहयाेग हुने देखिएकाे छ । माैद्रक नीतिकाे समिक्षा बजारमैत्री हुने देखिएपछि आइतबार सेयर बजारमा हिरयाली वातावरण देखिएकाे थियाे । चर्को ब्याजदरले गर्दा बजार खुम्चिएकाे थियो । वित्तीय क्षेत्रकाे तरलता सहज हुँदै अर्थतन्त्र सुधारउन्मुख भएपछि राष्ट्र बैंकले साे कदम चालेको हो ।
आर्थिक वर्ष २०७९/८०को मौद्रिक नीतिकोपहिलो त्रैमासिक समीक्षा






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



