घट्यो सुन र चाँदीको भाउ

-



     सफल आवाज    
     मंसिर १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ मंसिर । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुनको भाउ तोलाको स्थिर रहेर तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनमा पनि रुपैयाँ ३ सयले घटेर तोलाको ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुनको भाउ स्थिर रहेर तोलाको ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले घटेर तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदीको भाउ तोलाको १ हजार २ सय ९५ रुपैयाँ निर्धारण गरिएको थियो ।