दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन हुने

-



     सफल आवाज    
     मंसिर १२ गते २०७९ मा प्रकाशित



दोलखा, १२ मंसिर । दोलखामा चुनाव रद्द भएका मतदान केन्द्रहरुमा आगामी मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले मंसिर १५ गते पुनः मतदान गराउने निर्णय भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठको भनाइ छ । उनले आजैदेखि निर्वाचनको तयारी थालिएको पनि जानकारी दिए ।

निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले मंसिर १५ गते पुनः मतदान गराउने निर्णय भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठको भनाइ छ । उनले आजैदेखि निर्वाचनको तयारी थालिएको पनि जानकारी दिए ।

विभिन्न सामाजिक सञ्जालमा दोलखाका केही केन्द्रमा निर्वाचन आचारसंहिता विपरीत मतदान भएको र मतदानका लागि आएका मतदातालाई केही समूहले मतदान गर्न नदिई फर्काएका भिडियो सार्वजनिक भएका थिए । निर्वाचन आयोगले दोलखाका यस्ता १० वटा केन्द्रमा धाँधली भएको निष्कर्ष निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको हो ।