प्रि-ओपन सेसनमा नेप्से करिब ३ अंकले बढ्यो

-



     सफल आवाज    
     मंसिर १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ मंसिर । साताको दोस्रो कारोबार दिन आज सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ३२.४३ अंक बढेर १९६५.९८ विन्दुमा बन्द भएको नेप्से आजको यो सेसनमा २.९५ अंक बढेर १९६८.९३ विन्दुमा पुगेको छ । आजको यही सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.६४ अंक वृद्धि भएको छ ।

आजको प्रि ओपन सेसनमा १६ वटा स्टकको १४ लाख ६१ हजार ४४८ रुपैयाँ बराबरको ३ हजार २४० कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ११ वटा स्टकको मूल्य बढेको छ भने ४ वटा स्टकको मूल्य घटेको छ । बाँकी एउटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।