
काठमाडौं, १२ मंसिर । अघिल्लो दिन कारोबार रकममा उल्लेख्य बृद्धि र सूचकांकहरुमा भएको बृद्धिसंगै उकालो लागेको सेयर बजार एकदिन बढी टिक्न सकेन ।
यसदिन पुनः सेयर बजार ओरालो लागेको छ । दुई उपसमूह बाहेक सबैमा रातोको लागेको छ । म्युचुअल फण्ड र व्यापार उपमसूहको झिनो मात्रामा बृद्धि भएको छ । कारोबार रकम पनि आईतबारको तुलनामा आधा करोड घटेको छ ।
नेपाल राष्ट्र बैंकको पहिलो त्रैमासको मौद्रिक समीक्षा बजारमैत्री भएको कुराहरु बाहिर आएको दिनमै उत्साहका साथ उकालो लागेको सेयर बजारमा सोमबारको गिरावटले लगानीकर्ताहरुलाई फेरि पर्ख र हेरको अवश्थामा पुर्याएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा झरेको छ । नेप्सेमा ०.७९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.६५ अंकले घटेर ३८२.६१ विन्दुमा पुगेको छ ।
यसदिन कुल २३६ कम्पनीको सेयर कारोबार भएको छ । ३७ लाख ६१ हजार २९९ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६१३ रुपैयाँ ६६ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको १६ करोड ४६ लाख ४२ हजार ७०५ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
दोश्रोमा नबिल बैंक लिमिटेडको ७ करोड २४ लाख ५८ हजार ४०४ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ । तेश्रोमा शिवम् सिमेन्टको ६ करोडको १६ लाख ६२ हजार ७४८ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
चौथोमा एभरेष्ट बैंक लिमिटेडको ५ करोड ९८ लाख ३१ हजार ८६१ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ । पाँचौमा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको ५ करोड ८८ लाख ४४ हजार ३८५ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
यसदिन सबैभन्दा बढी खप्तड लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको ८.१८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिनर्जि पावर डेभलपमेन्ट लिमिटेडको ४.५६ प्रतिशतले गुमाएको छ ।









काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



