काठमाडौं महानगरपालिकामा धर्ना दिँदै सुकुम्बासी

-



     सफल आवाज    
     मंसिर १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । काठमाडौंको थापाथलीमा रहेको वाग्मती नदी किनारका सुकुम्बासीले काठमाडौं महानगरपालिकाको कार्यालयमा धर्ना दिने भएका छन् ।

हिजो सोमबार उक्त बस्ती हटाउने क्रममा झडप भएको थियो । बस्ती हटाउन डोजरसहित पुगकेको महानगरको टोलीसँग झडप सुकुम्बासीले झडप गर्दा काठमाडौं प्रहरी प्रमुख लगायत ३६ जना घाइते भएका थिए । बस्ती खाली गराउन नदिने भन्दै सुकुम्बासीहरु खुकुरीलगायत स्थानीय हतियारसहित विरोध प्रदर्शन र प्रतिकारमा उत्रिएका थिए ।

सुकुम्बासी महानगरको गेटमा भेला हुन थालिसकेका महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए उनले भने, ‘महानगर कार्यालय गेटमा भेला हुन थालिसके । मेयर साबले केही गर्नुहोला । अहिलेसम्म केही टुंगो लागेको छैन । दिनभरि के हुन्छ हेरौँ ।’