
संयुक्त राष्ट्रसङ्घ, १३ मङ्सिर । विगत लामो समयदेखि हिंसात्मक विद्रोह जारी रहेको इथियोपियाको टिगरेमा आवश्यकताअनुसारको सहयता पुग्न नसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीहरुले सो कुरा बताएका हुन् । यहाँ केही हप्ताअघि इथियोपियाली सरकार र यहाँका विद्रोहीका बीचमा शान्ति सम्झौता भएको थियो । सो सम्झौता बमोजिम टिगरेमा मानवीय सहायता वितरणको काम सुरु भएको छ ।
विद्रोहीहरुले यसअघि सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले वितरण गर्दै आएको सहायता वितरणको काम पनि हुन दिएका थिएनन् । हाल त्यहाँ सहायता वितरण गर्न दिइए पनि अहिले यहाँ आवश्यक परेजति सहायता पुग्न नसकेको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता वितरणसम्बन्धी एजेन्सी, ओचाले जनाएको हो ।
इथियोपियाली सरकार र टिगरे पिपुल्स लिबरेसन फ्रन्टका बीचमा अघिल्लो महिना युद्धविराम भएर यहाँ गर्न पाउने शान्तिपूर्ण कार्यहरुको सम्झौता पनि भएको छ । त्यस अन्तर्गत यहाँका नागरिकलाई आवश्यक पर्ने सहायता वितरणको काम पनि परेकाले राष्ट्रसङ्घीय निकाय र ती निकायको समन्वयमा अन्य सहायता संस्थाहरुले वितरण गरिरहेका बताइएको छ ।
इथियोपियाली सरकार र सो फ्रन्टका बीचमा भएको युद्धविराम जारी छ र यसैमार्फत शान्ति स्थापनाका लागि वार्ताका माध्यमबाट पहल भइरहेको जनाइएको छ । टिगरेका कम्तीमा पनि ५० लाख मानिसलाई खाद्यान्नको आवश्यकता परेको बताइएको छ । यहाँका नागरिकलाई खाद्यान्न अभावसँगै बालबालिका कुपोषणको शिकार हुन पुगेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय बालकोषले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा टिगरेका करिब ३० प्रतिशत बालबालिका कुपोषणको शिकार भएका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




