माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो चयन

-



     सफल आवाज    
     मंसिर १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडको अध्यक्षमा डा. उपेन्द्र महतो चयन भएका छन् । बैंक संचालक समितिको साेमबारकाे ४७२ औं बैंठककाे निर्णय अनुसार डा. उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।

बैंकका तत्कालिन अध्यक्ष डा. वीरेन्द्र महतो प्रतिनिधिसभा सदस्यामा निर्वाचित भएपछि उनले दिएको राजीनामा पनि बैंकले स्वीकृत गरेको थियाे । उनको राजीनापछि रिक्त बैक अध्यक्षमा डा. उपेन्द्र महतोलाई चयन गरिएकाे बैकले जनाएकाे छ ।

एनअारएनका सस्थापक अध्यक्ष समेत रहेका तथा व्यवसायिक क्षेत्रमा अत्यन्त सफल व्यक्तित्वका रूपमा परिचित डा. उपेन्द्र महतोकाे अध्यक्ष कार्यकालमा बैकले उच्च प्रगति गर्ने बिश्वास गरिएकाे छ ।