
क्यालिफोर्निया, १४ मंसिर । अमेरिकी प्रविधि कम्पनी एप्पलले माइक्रो ब्लगिङ एप ट्विटरलाई एप स्टोरबाट हटाउने चेतावनी दिएको छ । ट्विटरका मालिक एलन मस्कले एप्पलद्वारा ट्विटरलाई एप स्टोरबाट हटाइदिने चेतावनी आएको जानकारी दिएका हुन् ।
तर एप्पलले ट्विटरमा के कति समस्या आएका कारण यस्तो चेतावनी दिनुपरेको भन्ने खुलाएको छैन । ट्विटरका मालिक मस्कले एप्पलले ट्विटरमा विज्ञापन पनि नदिएको दावी गरेका छन् ।
ट्विटरका ट्रस्ट र सुरक्षा विभागका पूर्व प्रमुख योएल रोथले भने एप्पलको एप स्टोर रिभ्यु गर्नेहरुरले ट्विटरमा ‘कन्टेन्ट फ्ल्याग’ गरिरहेको र यसै कारणले एप्पलले एप हटाउने चेतावनी दिएको हुनसक्ने आकलन गरेका छन् ।
एप्पलले बारम्बार ट्वीटरको कन्टेन्ट माथि प्रश्न चिह्न उठाउँदै आउने गरेको छ । ट्वीटरमा द्वेषपूर्ण अभिव्यक्ति अर्थात् हेट स्पीच धेरै बढ्दै गइरहँदा पनि एपले कुनै भूमिका निर्वाह नगरिरहेको आरोप लगाउँदै
आएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




