अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई कोभिड–१९ सङ्क्रमण

-



     सफल आवाज    
     मंसिर १५ गते २०७९ मा प्रकाशित



वासिङ्टन, १५ मङ्सिर । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले बुधबार आफूलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको बताउनु भएको छ । ७६ वर्षीय क्लिन्टनले हल्का लक्षणहरू अनुभव गर्नुभएको तर घरमा आफूलाई व्यस्त राखेको ट्वीटमार्फत बताउनु भएको छ ।

खोप र बुस्टर मात्रासम्म लगाएका सबैलाई विशेष गरी जाडो मौसममा सर्तक रहन उहाँले आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।