
बेइजिङ, १६ मङ्सिर । चीनले विदेशी फर्म वा कम्पनीले चीनमा लगानी गर्न चाहेमा यसको स्वागत गरिने चीनले जनाएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङले बेइजिङमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग भेटवार्ता गर्दै चीनमा लगानी जारी राख्न विदेशी कम्पनीहरूलाई स्वागत गरेको बताए।
लीले दुवै पक्षलाई एकअर्काका लागि थप खुला गर्न आह्वान गर्दै चीन आफ्नो खुलापनको आधारभूत राज्य नीतिप्रति सदैव प्रतिबद्ध रहने बताए। यसले बजार–आधारित र कानून–आधारित अन्तर्राष्ट्रिय व्यापार वातावरणलाई बढावा दिन जारी राख्ने र सबै प्रकारका कम्पनीहरूलाई समान र निष्पक्ष रूपमा व्यवहार गर्ने विश्वास गरिएको छ ।
चीनले आफ्नो वित्तीय क्षेत्रलाई निरन्तर खुला गर्ने र योग्य विदेशी संस्थागत लगानीकर्ताहरूबाट थप लगानीलाई प्रोत्साहित गर्ने र घरेलु वित्तीय स्थिरता कायम गर्ने लीले बताए। चीनले चिनियाँ मुद्रा (आरएमबी) को विनिमय दरको आधारभूत स्थिरता कायम गर्न र यसलाई उचित र सन्तुलित स्तरमा राख्न प्रयास गर्ने उनले बताए।
“चीन पारस्परिक सम्मान र समानताको आधारमा युरोपेली सङ्घसँग सहयोग बढाउन र चीन–ईयू व्यापक रणनीतिक साझेदारीको सुदृढ र स्थिर विकासलाई बढावा दिन मतभेदहरूलाई उचित तरिकाले सम्बोधन गर्न तयार छ,” प्रधानमन्त्री लीले भने। भेटमा दुवै पक्ष स्वतन्त्र व्यापार र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलाको स्थिरताको रक्षा गर्न र जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र अन्य विश्वव्यापी चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्न सहमत भएका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




