
बेरूत, १६ मङ्सिर । लेबनानले सिरियाली शरणार्थीलाई सुरक्षित स्वदेश फर्काउन संयुक्त राष्ट्रसङ्घले लेबनानी अधिकारीलाई सहयोग गर्नुपर्ने बताएको छ । लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) फिलिपो ग्रान्डीसँग ग्रान्ड सेराइलमा भने, “लेबनानसँग शरणार्थी मामिलाको परिणाम सहन सक्ने आर्थिक र राजनीतिक क्षमता छैन यो मुद्दा लेबनानका लागि दबाबको कारक बनेको छ ।”
मिकातीले भने, “यस चरणको प्राथमिकता विस्थापित सिरियालीहरूलाई क्रमशः उनीहरूको देशमा फर्काउने हो किनकि सिरियामा स्थिति स्थिर भएको छ । उक्त अबसरमा ग्रान्डीले मिकातीसँग ठूलो सङ्ख्यामा सिरियाली शरणार्थीहरूलाई होस्ट गर्न लेबनानमाथि थोपरिएको अविश्वसनीय दबाबको बारेमा सहमति व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घले लेबनानी जनता र देशका सबैका लागि आफ्नो मानवीय सहयोग बढाउने आश्वासन दिए।
ग्रान्डीले युएनएचसीआरले सिरियाली अधिकारीहरूसँग मिलेर सिरियाली शरणार्थीहरूलाई उनीहरूको मातृभूमिमा फर्कनबाट रोक्न भएको अवरोधहरू हटाउन काम गरिरहेको बताउँदै केही चुनौतीहरूमा भत्किएका घरहरू र कठिन आर्थिक स्थिति समावेश रहेको बताए। उनले भने, “हामीले केही प्रगति गरेका छौं, तर फर्कने निर्णयमा विश्वस्त हुन अझै धेरै काम गर्न बाँकी छ ।
कतिपय स्थानका शरणार्थी फिर्ता गर्नका लागि उनीहरूको घर भत्किएकोले समस्या भएको छ ।” सरकारले लेबनानमा २० लाख सिरियाली शरणार्थी रहेको अनुमान गरेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




