धौलागिरी र खप्तड लघुवित्त एक आपसमा गाभिने

-



     सफल आवाज    
     मंसिर १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ मंसिर । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तले एक आपसमा गाभिने भएका छन् । यी दुवै संस्थाबीच आज आइतबार मर्जर तथा एक्विजिसन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतामा धौलागिरीका तर्फबाट अध्यक्ष इश्वरलाल राजभण्डारी र खप्तडका तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीको  नाम धौलागिरी लघुवित्त नै रहने र अध्यक्षमा इश्वरलाल राजभण्डारी रहने तय भएको छ ।

सम्झौतासँगै मर्जरको लागि मर्जर संयोजक समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा धौलागिरीबाट सञ्चालक हरि प्रसाद शर्मा र सिर्जना थापा रहेका छन् भने खप्तडबाट सञ्चालक रणदेव कृष्ण श्रेष्ठ र डबल बहादुर शाह रहेका छन् ।

यी दुवै लघुवित्तले केही समयअघि मात्र आईओ निष्कासन गरेका थिए । धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि साउन २९ गतेसम्म तथा खप्तड लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो ।