
काठमाडौं, १८ मंसिर । नेपाल विद्युत प्राधिकरणले आफ्नो पोलमा दूरसञ्चार, केबल टिभी तथा इन्टरनेट सेवा प्रदायकहरूबाट तानिएको केबल तथा उपकरणहरू व्यवस्थापन नगरे काटिदिने चेतावनी दिएको छ ।
प्राधिकरणले यसअघि नै सूचना प्रकाशित गरेर तार व्यवस्थापन गर्न समय दिएको भन्दै सो अवधिमा तार व्यवस्थापन गर्न भनेको छ । यदि सो अवधिभित्र व्यवस्थापन नभएमा तार काटिदिने चेतावनी दिएको हो । नेविप्राको वितरण तथा ग्राहक सेवा निर्देशनालयले तार व्यवस्थापनको काम उल्लेखनीय नभएको दावी गरेको छ ।
“नेपाल विद्युत प्राधिकरण (ने.वि.प्रा.) को विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर केबल/ कोएक्सियल केबल तथा पोलमा जथाभावी झुण्डयाइएको उपकरणहरू निर्धारित मापदण्ड अनुसार ४५ दिन भित्रमा व्यवस्थित गर्न भनी २०७९।७।१५ गतेको गोरखापत्रमा सार्वजनिक सूचना मार्फत अनुरोध गरेकोमा हालसम्म सोको कार्यान्वयनमा उल्लेखनीय प्रगति देखिएकाे छैन।

प्राधिकरणले निर्धारित समयावधिभित्र उक्त कार्य सम्पन्न गर्न सबै सेवा प्रदायक संस्थाहरूलाइ चेतावनीमुलक सूचना जारी गरेकाे छ ।
यसबाहेक तोकिएको समयमा सुधार कार्य नगर्ने/नगराउने सेवा प्रदायकहरूको केबल लगायतका उपकरणहरू ने. वि. प्रा. ऐन, २०४१ को दफा १९ (ख) र १९ (छ) बमोजिम ने. वि. प्रा. आफैँले हटाउने र यसबाट हुन सक्ने नोक्सानीका लागि इन्टरनेट केबल टी. भी. / दूरसञ्चार सेवा प्रदायक स्वयं जिम्मेवारी हुने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



