
काठमाडौं, २० मंसिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीले आगामी मंसिर २९ गतेदेखि वार्षिक ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५-८६’ निष्काशन गर्ने भएको हो ।
कम्पनीले ऋणपत्र १ हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमध्ये ६० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । यस्तै बाँकी ४० प्रतिशतले हुन आउने २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार सर्वसाधारणका लागि निष्कासन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशतले हुन आउने १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यो ऋणपत्रका लागि लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि तथा अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यो ऋणपत्रमा आवेदन दिने म्याद छिटोमा पुस ४ गते र ढिलोमा पुस १४ गतेसम्म तोकिएको छ ।
ऋणपत्र निस्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा बैंकले एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । लगानीकर्ताका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



