
ललितपुर, २५ मंसिर । २ वर्षभन्दा बढी सयमसम्म साधारण सभा नगर्ने सहकारीलाई ललितपुर महानगरपालिकाले खारेज गर्ने भएको छ । महानगरका अनुसार २ वर्षसम्म साधारणसभा नगर्ने, लेखा परीक्षण नगराउने तथा विवरण अद्यावधिक नगर्ने सहकारी संस्थाहरु खारेजीमा पर्ने भएका हुन् ।
यस्ता सहकारीहरुको खारेजी प्रक्रिया अघि बढाउने मनशायसहित महानगरले आजदेखि ३५ दिनभित्र लिखित कारणसहित उपस्थित हुन समेत निर्देशन दिएको छ । आफ्नो नियमन क्षेत्रभित्रका सहकारी संस्थाहरुले विधिपूर्वक साधारण सभा नै नगरी प्रतिवेदन पेस गरेको पाइएकोले त्यस्तो कार्य नगर्न पनि सूचनामार्फत् जानकारी दिएको छ ।
महानगरले सूचनामा सहकारी संस्थाहरुले साधारण सभाको नाममा सदस्यहरुलाई कार्यालयमा बोलाएर दरखास्त गराउने र सभाका अन्य प्रक्रिया पूरा नगरी प्रतिवेदन पास गर्ने गरेको गुनासो आएको बताउँदै यस्तो कार्य नगर्न सचेत पनि गराएको छ ।
कोरोना महामारी तथा डेंगी प्रकोप देखाउँदै यस्त गतिविधि भइरहेकोमा अब न्यूनिकरण भइसकेकोले भौतिक रुपमै सबै सदस्यहरुको भेला गराएर विधिपूर्वक साधारण सभा सम्पन्न गर्न महानगरले निर्देशन दिएको हो । अनुगमन गर्दा यो निर्देशन उल्लङ्घन गरेर साधारण सभा नै नगरी प्रतिवेदन पेस गरेको पाइएमा जरिवानासहित गराए पुन: साधारण सभा गराउने चेतावनी पनि दिइएको छ ।
यसै सूचनामार्फत् महानगरले सहकारी संस्थाको वार्षिक साधारण सभा २०७९ पुसभित्र अनिवार्य रुपमा सम्पन्न गरी साधारण सभा सकिएको मितिले १५ दिन वा २०७९ माघ १५ गते भित्र आव २०७९/७९ को वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण महानगरमा पेस गर्न समेत निर्देशित गरेको छ ।






काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले… 



