
सान फ्रान्सिस्को, २५ मंसिर । ट्विटरका मालिक इलन मस्कले उक्त प्लेटफर्मबाट डेढ अर्ब ट्विटर एकाउन्ट डिलिट गर्ने घोषणा गरेका छन् । मस्कले गत शुक्रबार वर्षौंदेखि निष्क्रिय रहेका एकाउन्टलाई प्लेटफर्मबाट हटाउने ब्यहोरासहितको ट्वीट गरेका हुन् ।
ट्विटरमा साइन अप गरिएको तर प्लेटफर्मको प्रयोग नगर्नेहरुले ओगटेका प्रयोगकर्ताको नामहरु खाली गर्ने योजना बनाएको बिजनेस इन्साइडरले उल्लेख गरेको छ । मस्कले आफ्नो प्लेटफर्ममा ड्राइभिङ गतिविधि, संलग्नता र प्रयोगकर्ता वृद्धि जारी राख्ने तरिकाहरू खोज्दा योजनाबद्ध नीति परिवर्तन गरिरहेका छन् ।
तर कति समयसम्म निष्क्रिय रहेका एकाउन्ट डिलिट हुने हुन् भन्ने यकिन गरिएको छैन । गत अक्टोबरमा मस्कले १ वर्ष वा त्योभन्दा बढी समय निष्क्रिय भएको एकाउन्ट हटाउन सकिने इंगित गरेका थिए ।
गत नोभेम्बरको पहिलो हप्ता मस्कले स्वामित्व किनेलगत्तै ट्विटरको प्रयोग र प्रयोगकर्ता निकै बढेका छन् । तथ्याङ्क समीक्षक प्लेटफर्म एपटोपियाको आँकडा अनुसार त्यसयता ट्विटरका हालसम्मकै दैनि प्रयोगकर्ताको सङ्ख्या सर्वाधिक पुगेको बिजनेस इन्साइडरले लेखेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




