प्रि-ओपन सेसन: नेप्सेमा १ अंकको गिरावट

-



     सफल आवाज    
     मंसिर २६ गते २०७९ मा प्रकाशित



काठमाडौं २६ मंसिर । साताको दोस्रो कारोबार हुने दिन आज सोमबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ३१.९७ अंक घटेर १८८५.३१ विन्दुमा बन्द भएको नेप्से आजको यो सेसनमा १.०९ अंक घटेर १८८४.२२ विन्दुमा आइपुगेको हो । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.२३ अंकको गिरावट आएको छ ।

आजको प्रि-ओपन सेसनमा ५ वटा स्टकको १३ लाख ६९ हजार ९२४ रुपैयाँ बराबरको १ हजार ८७६ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये २ वटा स्टकको मूल्य बढेको छ भने २ वटा स्टकको मूल्य घटेको छ । बाँकी एउटा स्टकको मूल्य स्थिर रहेको छ ।