
सोल, २७ मङ्सिर । दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ८६ हजार आठ सय ५२ नयाँ कोभिड–१९ मा सङ्क्रमण देखिएको छ ।
यसैसँग सङ्क्रमितको कुल सङ्ख्या दुई करोड ७८ लाख ४१ हजार एक पुगेको स्वास्थ्य अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । जाडोमा पुनरुत्थानको बारेमा बढ्दो चिन्ताको बीचमा सेप्टेम्बर १४ यता ९० दिनमा यो उच्चतम दैनिक केस देखा परेको थियो ।
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिनको २२ हजार ६६७ बाट तीव्ररूपमा बढेको थियो र एक हप्ताअघि ७७ हजार ५९० भन्दाबढी थियो । गत हप्ताको लागि, नयाँ केसको दैनिक औसत सङ्ख्या ६१ हजार ७५० थियो । नयाँ केसमध्ये, ५५ विदेशबाट आयातित गरिएको थियो ।
गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा १८ कम भएर ४६० पुगेको छ । थप २९ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसैसँगै कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ३१ हजार १२८ पुगेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




