चन्द्रागिरी हिल्सले डाक्याे पुस २१ गते साधारण सभा

-



     सफल आवाज    
     मंसिर २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । चन्द्रागिरी हिल्सले १३ औं वार्षिक साधारण सभा पुस २१ गते डाकेकाे छ । सभामा लाभांश वितरणकाे प्रस्ताव नभएकाेले यसकाे एजेण्डा सूचीमा छैन । सेयरधनीहरुलाई साधारण सभामा मात्र सरिक हुन भनिएकाेले लाभांश वितरणकाे प्रस्ताव हुनेछैन ।

साधारण सभा उक्त दिन थानकोटमा रहेकाे चन्द्रगिरि हिल्सको कार्यालयमा पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभामा गएकाे आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश हुनेछ ।

यस्तै गएकाे आर्थिक वर्षको नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका एजेण्डाहरुमाथि छलफल गरिने भएकाे छ। सभामा संस्थापक सेयरधनीहरुकाे तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चलाक पनि चयन गरिने सूची रहेकाे छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले १२ गते बुक क्लोज गर्ने जनाएकाे छ। साधारण सभामा भाग लिनका लागि सेयरधनीहरुले पुस ११ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।