बैंक तथा वित्तीय संस्थाले पुसमा ब्याजदर नबढाउने

-



     सफल आवाज    
     मंसिर २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । बैंक तथा वित्तीय संस्थाहरुले पुस महिनामा ब्याजदर नबढाउने नगर्ने भएका छन् । हाल संचालनमा रहेका बाणिज्य बैंकहरुले नया ब्याजदर प्रकाशित गर्दै पुसमा पनि मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएको सूचना प्रकाशित गरेका छन।

यस्तै विकास बैंकहरुले पनि मंसिरकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । मंसिर महिनामा ब्याजदर १३ प्रतिशतबाट १२.८५ प्रतिशतमा झारेका विकास बैंकले पुसका लागि भने दरमा कुनै घटबढ नगर्ने र मंसिरकै दरलाई यथावत राख्ने भएका हुन् । पुस महिनामा पनि अधिकांश विकास बैंकहरुले सोही ब्याजदरलाई निरन्तरता दिने भएका छन्।

फाइनान्स कम्पनीका हकमा भने अधिकांशले अधिकतममा १३.३५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेका छन् । फाइनान्स कम्पनीहरुले पनि विकास बैंकले झैं कात्तिकमा साढे १३ प्रतिशत रहेको ब्याजदर मंसिरमा केही घटाएर १३.३५ मा झारेका थिए । फाइनान्स कम्पनीहरुले २ वर्ष वा सोभन्दा बढी अवधिका मुद्दति निक्षेपमा अधिकतम १३.३५ प्रतिशत ब्याज प्रदान गर्दै आएका छन् ।