
काठमाडौं, २९ मंसिर। चालु आर्थिक वर्षको ४ महिनाकाे अवधिमा नेपालमा ३ खर्ब ७८ अर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको तथ्याङ्क अनुसार रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा २०.४ प्रतिशतले बढेर ३ खर्ब, ७८ अर्ब ४ करोड भित्रिएको हो।
अघिल्लो आर्थिक वर्षको शुरुवाती ४ महिनामा त्यसको अघिल्लो वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाहमा ७.० प्रतिशतले गिरावट आएको थियो । विवरण अनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.८ प्रतिशतले बढेर २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा डलर रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले घटेको थियो ।
राष्ट्र बैंकको विवरण अनुसार यो अवधिमा संस्थागत तथा व्यक्तिगत रुपमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १०२.५ प्रतिशतले बढेको छ । यो अवधिमा १ लाख ९५ हजार १९६ जनाले नयाँ श्रम स्वीकृति लिएको पाइएको छ।
यस्तै यही अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्यामा ४६.४ प्रतिशतले वृद्धि भई ८७ हजार ४२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको आँकडा छ ।
यसैगरी ४ महिनामा खुद ट्रान्सफर २०.२ प्रतिशतले बढेर ४१७ अर्ब ३८ करोड पुगेको राष्ट्र बैंकले जारी गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको तथ्याङ्क छ ।






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



