मुक्तिनाथ विकास बैंकले कति दिँदैछ लाभांश ?

-



     सफल आवाज    
     पौष ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ पुस । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने बोनस सेयर घोषणा गरेको हो ।

बैंकले आफ्नो हाल कायम चुक्ता पुँजीको १३.५० प्रतिशत बोनस सेयर प्रदान गर्ने भएको हो । यसबाहेक बैंकले  त्यसैको कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको गत पुस १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गरिनेबैंकले जनाएको छ ।