
काठमाडौं, ३ पुस । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० बाँडफाँट गरिएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज सेयर बाँडफाँड गरिएको हो ।
कम्पनीले प्रति सेयर १ सय रुपैयाँ अङ्कित दरका कुल ५ लाख ५४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धककाअनुसार साधारण सेयरमा कुल १२ लाख ५८ हजार ४ सय २१ आवेदकले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ता सेयरका लागि आवेदन दिएका थिए । कम्पनीले योग्य ११ लाख ९१ हजार २ सय ८४ मध्ये ५१ हजार ५ सय २२ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरेको बिक्री प्रबन्धकले जनाएको छ ।
निष्कासित सेयरमा २७ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि र ११ हजार ८० कित्ता कर्मचारीका लागि बाँडफाँड गरिएको छ । लगानीकर्ताले गत मङ्सिर २१ गतेदेखि २६ गतेसम्म सेयर खरिदका लागि आवेदन दिएका थिए । बाँडफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट९मेरो शेयर०मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।






काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले… 



