अन्नपूर्ण हस्पिटल र पृथ्वीराजमार्ग वस सञ्चालक कम्पनिबीच सम्झौता

-



     सफल आवाज    
     पौष ४ गते २०७९ मा प्रकाशित



पोखरा, ४ पुस । पोखरा १० शिव चोकमा रहेको अन्नपूर्ण हस्पिटल र पृथ्वीराजमार्ग वस सञ्चालक कम्पनी प्रा.लि बिच साेमबार एक सम्झौता भएको छ ।

हस्पिटल परिसरमा भएको सम्झौता अनुसार पृथ्वीराजमार्ग वस सञ्चालक कम्पनी अन्तरर्गत चल्ने सबै गाडिहरुमा दुर्घटना भई घाइते भएको खण्डमा विरामीको औषधी तथा उपचारमा छुट हुने बारे सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार अन्नपूर्ण हस्पिटलको तर्फबाट सञ्चालक अध्यक्ष विश्व घिमिरे, डाइरेक्टर सन्तोष पाण्डे र पृथ्वीराजमार्ग वस सञ्चालक कम्पनी प्रा.लिको तर्फबाट संयोजक भरत बहादुर गुरुङ, सहसंयोजक जग बहादुर गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले सम्झौता अनुसारनै सबै प्रक्रिया हुने बताउदै बिरामीको स्वाथ्य उपचारमा कुनै कसर बाँकि नराख्ने वाचा गरे । त्यस्तै संयोजक गुरुङले यात्रुको सेवा र सुविधा संगै अकस्मात क्समात हुने दुर्घटनाले पार्ने क्षतिसगैँ हस्पिटल संगको सम्झौताले उपचारमा सहयोग पुग्ने बताए ।