
भरतपुर,६ मङ्सिर । नेपालकै मुख्य राजमार्गको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक मंगलबारदेखि दैनिक ४ घण्टा बन्द गरिएको छ । बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म सडक बन्द गरेर काम भइरहेको नारायणगढ–मुग्लिङ सडक आयोजनाले जानकारी दिएको छ ।
उक्त सडकको विभिन्न स्थानमा पुल निर्माणको लागि पहाड काट्नु पर्ने भएकाले मंगलबारदेखि पुस ५ गते देखि १ महिना सडक बन्द हुने आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिएका छन ।
नारायणगढ–मुग्लिङ सडक खण्डका मुग्लिङबाट नारायणगढ तर्फको २ नम्बर र ३ नम्बर पुल पुनर्निर्माण गर्न ठूलो पहाड काट्नको लागि दैनिक ४ घण्टा सडक बन्द गरि काम गरिएको उनले बताए । उक्त सडक खण्डमा १५ वटा पुल निर्माणको काम भइरहेकोमा ९ वटाको काम सम्पन्न भइसकेको छ ।
४ वटा पुल निर्माणको लागि ठाडो र कडा चट्टानसहितको पहाड काट्नु पर्ने भएको कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भए पछि यातायात बन्द गरेर काम गर्नु परेको आयोजनाले जनाएको छ ।








काठमाडौं, ५ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमाआज सुदूरपश्चिम रोयल्स र लुम्बिनी…
चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति… 




