लाभांश पारित गर्न टेलिकमले बाेलायाे साधारण सभा

-



     सफल आवाज    
     पौष ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ पुस । नेपाल टेलिकमले लाभांश पारित गर्नका साधारण सभा बाेलाएकाे छ । टेलिकमले सेयरधनीहरुलाई वितरण गर्ने भनिएकाे लाभांशकाे प्रस्ताव पारित गर्नका लागि १५औं वार्षिक साधारण सभा बाेलाएकाे हाे ।

टेलिकले साधारण सभा पुस २८ गते काठमाडौँ प्रदर्शनीमार्गमा रहेकाे राष्ट्रिय सभा गृहमा पूर्वान्ह १० बजे बाेलाएकाे छ। सभामा प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ।

यस्तै लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणकाे अनुमाेदन तथा अन्य एजेण्डाहरुमाथि छलफल गरेर पारित गरिने भएकाे छ।

टेलिकमले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि पुस १८ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने बताएकाे छ । सेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनु पर्नेछ । यसरी कायम भएका सेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन् ।