
काठमाडौं, ७ पुस । नेपाल बैंक लिमिटेडले साधारणसभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न उक्त साधारण सभा आह्वान गरेको हो । बैंकले आह्वान गरेको ६३औं वार्षिक साधारण सभा आगामी पुस २९ गते बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा बिहान ११ बजे शुरु हुने बताइएको छ ।
उक्त साधारणसभाले हाल कायम चुक्ता पुँजीको २ प्रतिशतका दरले बोनस सेयर र त्यसको कर प्रयोजनका लागि सहित गरी १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने तालिका छ । यसबाहेक लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरिने बैंकले जनाएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले आगामी पुस १४ गते बुकक्लोज गर्ने मिति तोकेको छ। यस हिसाबले पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयधरनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




