
पोखरा, ७ पुस । बाँचि दिन्छु तिम्रै निम्ति भन्ने गीत लेखेका थिए गोपालले । मैले भने, “यहाँ मानिसले तिम्रा लागि मरिदिन्छु, केके गरिदिन्छु भनेर लेखेका हुन्छन्, बोलेका हुन्छन् अनि के लेखेको भनेर सोध्ने गर्थे ।
अनि गोपालले भन्थे, अनि यस्तो गीत नलेखेर कस्तो लेख्ने त भन्ने गर्थे । गोपाल योञ्जनकी धर्मपत्नि रिन्छिन योञ्जनले भनिन्, गोपालले यस्तो सकारात्मक भाव जगाउने गीत लेखे । उनले लेखेनन् मात्रै संगीत गरे, गाए र गाउन पनि लगाए ।
पोखरामा आजदेखि शुरु भएको लिटरेचर फेस्टिभलमा कवि विप्लव प्रतिकको जिज्ञासाको जवाफ फर्काउँदै रिन्छनले भनिन्, उनका गीतहरु संग्रह गर्न लायक यस कारणले भएकि गीतहरुले दर्शन बोकेका, मर्म बोकेका, लक्ष्य बोकेका जस्ता छन् जो आगामी पुस्ताका लागि पनि चाहिन्छ भनेर हो ।
कार्यक्रममा गोपाल योञ्जनका बहुआयामिक गीतको संगालोको रुपमा पुस्तक गोपालयको लोकार्पण अनुज पुस्ताबाट गरियो । वाद्यवादक सुदीप गायक, सैनिक महाविद्यालयका आकाश गौतम जो कक्षा दशमा अध्ययनरत छन् र हिमाली सांस्कृतिक परिवारकी कलाकार रञ्जु बाल्कोटीको हातमा लोकार्पण गरेपछि कवि प्रतिक र रिन्छिनको वार्तालाप गोपालकै गीतहरुको बारेमा अघि बढ्यो ।

गीतहरुको बारे किताबमा च्याप्टर च्याप्टर छुट्याएर गीतहरु गोपालयमा राखिएको छ । हामीलाई सोधको लागि विदेशी गीतहरुको सहारा लिन नपर्ने आशयले गोपालका माया प्रेम, दर्शनाभूति हुने। अध्यात्म तथा राष्ट्रिय धारका गीतहरुको खोजि गरिएको उनले सो अवसरमा बताईन ।
गोपालका गीतहरुको चरित्र कस्तो छ ? हाम्रो पुस्ताले, भावि पुस्ताको लागि सोचेर काम गर्नुपर्छ । भावि पुस्तालाई के दिने ? के बुझाउने हो ? यो महत्वपूर्ण कुरा हो । त्यो बेलाको पीडा रोजि रोटीको लागि कति कष्ट कति हो उनले भनिन् । संगीतको पेशामा लाग्यो भने परिवारले दुःख पायो के रिन्छिनले भनिन् । कमाउने भन्ने केहि होईन । गीतहरु हिट भएका सबैले सुनिरहेका, सुन्न चाहिरहेका छन् अहिले पनि त्यो क्रम चलेको छैन । तर कलाकारको सत्य र तथ्य संगीत, गीत लेखनको कला उ बेलाको जस्तो अहिले कहाँ छ ?
मिडियाप्रति गुनासो गर्दै भनिन्, उनले मिडियामा गीतहरु बज्दा गायकको नाम मात्र आउने तर त्यसको जन्म दिने, लेख्ने अनि त्यसलाई संगीत गर्ने को हो ? भनेर सोधिखोजि हुँदैन । अहिलेको लव जस्तो के मोवाईलबाटै, मेसेजबाट हुन थाल्यो अब के आशा गर्ने ?
रिन्छिनले भनिन्, मानिसमा अनुशासन मुख्य कुरा हो । म संगीतमा लागेको होईन तर गोपालको जीवनसाथी भएकोले उनका गीत र संगीतसंग नजिक छु । उनका समकालिनहरुले गोपालका गीतहरुको बारेमा के थाहा छ र, के बुझ्नि र भन्ने गरेको पनि सुन्छु । ममा गीतको भावना र भाषा बुझ्ने क्षमता छ । त्यो उनीहरुलाई थाहाँ हुन्छ र ?
हामी क्वालिटि भन्दा अहिले इन्टरनेटमा हल्का गीतमा झुम्मिएका छौं । तत्कालै पुपुलारिटी खोजिरहेका श्रष्टाहरुलाई च्यालेन्ज दिदैं भनिन्, तपाँईले कुन गीत बनाउनु भएको छ र मर्दाखेरि सबैले वाह वाह भन्नेछन् ?
कवि प्रतिकले अब हरेक विद्यालय तहदेखि विश्वविद्यालयसम्म संगीत, साहित्य र कलाको पढाई होस भन्दै् हामीलाई गलत संगीत सुन्ने बानि नपरोस् र आफ्नै संगीतमा रमाउने मौका मिलोस् भन्दै विश्वविद्यालयका प्रमुखहरुलाई आग्रह गरे ।

झुम्मिए पोखरेली वानिरा र कर्मले गाएका गोपालका गीतसंगै
कार्यक्रममा कवि विप्लव प्रतिक र रिन्छिन योञ्जनको वार्तालाप लगत्तै गोपाल योञ्जनका गीतहरु गाउन गायीका वानिका प्रधान र कर्म ग्याल्छेन मञ्चमा देखिए ।
वानिकाले गोपालको अध्यात्म गीत “बाँया हातमा राखि सारा दुःखीलाई, दाया हातमा राखि मेरा सत्रुलाई” बोलको गीतबाट गायनको आरम्भ गरिन् ।
लगत्तै वानिका र कर्मले “यति चोखो यति मीठो दिउँला तिमीलाई माया, बिर्सिनेछन् साराले पुराना प्रेमका कथा” बोलको गीत गाएका थिए ।
दुबैले अर्को गीत “हिमाल सरी म अग्लिरहेछु, समात समात मलाई..गाएका थिए भने दर्शकहरु गोपाल योञ्जनका गीतहरु अहिलेको पुस्ताको स्वरबाट दुरुस्तै सुन्न पाउँदा वान्समोर भन्दै थिए ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



