मुक्तिनाथ बैंकले डाक्यो साधारणसभा, कति दिँदैछ लाभांश ?

-



     सफल आवाज    
     पौष १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० पुस । मुक्तिनाथ विकास बैंकले साधारणसभा आह्वान गरेको छ । मुख्यगरी लाभांश पारित लगायत अन्य नियमित प्रस्ताव पारित गर्न आगामी पुस ३० गते आफ्नो सोह्रौँ वार्षिक साधारण सभा आह्वान गरिएको बैंकले जनाएको छ । आह्वान गरिएको साधारणसभा उक्त दिन होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरामा बिहान १० बजे शुरु हुने तालिका छ।

उक्त सभाले हाल कायम चुक्ता पुँजीको १३.५ प्रतिशतका दरले बोनस सेयर र त्यसैको कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरी समग्रमा १४.२१ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ तय भएको छ ।

यसबाहेक सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु मर्ज अथवा एक्वायर गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चलाक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, जारी तथा चुक्ता पूँजी वृद्धि गरी ६ अर्ब ४२ करोड ९ लाख २७२ रुपैयाँ ५१ पैसा पुर्याउने लगायतका प्रस्तावहरु पनि पारित गर्ने बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस २० गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने प्रमुख सूचना अधिकारी गुरुङले बताए ।