इस्टर्न हाइड्रोले बाेलायाे साधारण सभा, लाभांश नदिने

-



     सफल आवाज    
     पौष ११ गते २०७९ मा प्रकाशित



काठमाडौ, ११ पुस । इस्टर्न हाइड्रोपावरले पुस ३० गते वार्षिक साधारण सभा डाकेकाे छ । हाइड्रोपावर सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले साधारण सभा साे मितिमा गर्ने निर्णय गरेको हो ।

कम्पनीकाे साधारण सभा काठमाडौं, बागबजारस्थित होटेल हार्दिकमा बिहान ८ बजे डाकिएकाे छ । यसफटक साधारण सभामा लाभांश वितरणकाे एजेण्डाकाे रुपमा नभएकाे जनाइएकाे छ ।

कम्पनीका अनुसार सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका वित्तीय एजेण्डाहरुमा छलफल गरि पारित गरिने भएकाे छ । सभामा आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षककाे नियुक्ति तथा पाउने पारिश्रमिक निर्धारण ताेक्ने र सर्वसाधारण समूहबाट १ जना सञ्चालक चयन गरिने भएकाे छ । 

साधारण सभालाई मध्येनजर गर्दै कम्पनीले  पुस २० गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने बताएकाे छ । यसका लागि सेयरधनीहरुले पुस १९ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउनेछन् ।