
काठमाडौं, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।
नवनियुक्त प्रधानमन्त्री प्रचण्ड र केहि मन्त्रीहरूको शपथ ग्रहण समारोह अपरान्ह ४ बजे हुने राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिएका छन् । प्रचण्डलाई प्रतिनिधि सभाका १६९ जना सांसदले समर्थन गरेका छन् ।
नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री

यसैबीच नेकपा माओवादी केन्द्रको आज बिहान बसेकाे पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष रहेका नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको उपमहासचिव गिरिराजमणी पोखरेलले जानकारी दिएका छन् ।
प्रचण्डले दिउँसो ४ बजे शपथ लिएपछि सानो मन्त्रीमण्डल बनाउने तयारी गरेका छन् । १ सय ६९ सांसदको समर्थन लिएर प्रचण्ड आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेपछि उनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



