उपप्रधान तथा गृहमन्त्रीको दावीसहित सरकारमा जाँदै रास्वपा

-



     सफल आवाज    
     पौष ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी उपप्रधान तथा गृहमन्त्रीको दावीसहित सरकारमा सहभागी हुने भएको छ । पार्टीका सभापति रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा सहभागी हुने बताएका हुन् । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी रास्वपाको २० सिट रहेको छ ।

स्रोतका अनुसार रास्वपाका सभापति लामिछाने उपप्रधान र गृहमन्त्री हुनेगरी गठबन्धनमा समझदारी बनेको र सोही अनुरुप पार्टी सरकारमा जान लागेको हो । यसबारे आधिकारिक पत्र भने प्राप्त भइनसकेको  जनाइएको छ ।

स्रोतका अनुसार रास्वपाका सभापति लामिछाने उपप्रधान र गृहमन्त्री हुनेगरी गठबन्धनमा समझदारी बनेको र सोही अनुरुप पार्टी सरकारमा जान लागेको हो । यसबारे आधिकारिक पत्र भने प्राप्त भइनसकेको  जनाइएको छ ।

सरकारमा भागबण्डा सन्तुलनसहितको सहमति जुटाउन आज दिउँसो बानेश्वरमा सत्ता गठबन्धनको बैठक बसेको थियो । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले केहीबेरमा शपथ लिने तयारी छ ।