
पोखरा, ११ पुस । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ गतेदेखि १७ गतेसम्म पोखरा लेकसाईडमा आयोजना गर्न लागिएको २४औं सडक महोत्सवको तयारी पूरा भएको छ ।
रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षकाे अवसरमा हरेक वर्ष महाेत्सव गर्दै आएको छ । यसपालि पनि साेहि मितिमा गर्न लागिएकाे सडक महोत्सवको तयारी पूरा भएको आज लेकसाईडस्थित बसुन्धरा पार्कमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइएको हो ।
रेवानका अध्यक्ष नरेश भट्टराईले पोखराको ब्राण्डको रुपमा स्थापित भईसकेको सडक महोत्सव पुस १३ बाट १७ गतेसम्म पाँच दिन “सडकमै खाँउ सडकमै रमाउँ” भन्ने मूल नाराका साथ खाना संस्कृतिलाई प्रवद्र्धन गर्दै गर्न लागिएको बताए ।
हामी त आयोजक मात्रै हौं । पर्यटन क्षेत्रलाई चलायमान बनाउन हामी सबैकाे यसमा ठूलो याेगदान रहेकाे छ । पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले भने, अर्थतन्त्रको एउटा खम्बा पर्यटन भएकोले अफ्ठेरो अवश्थामा पुगेको पर्यटनलाई केहि भएपनि माथि उकास्न महोत्सवले सहयोग पुग्नेछ ।
रेबानले आन्तरीक तथा बाह्य पर्यटकलाई दक्षित गरेर लेकसाईड फिष्टेल गेटदेखि खहरेचोक जरेबरसम्मको ३ किलोमिटर क्षेत्रमा सडक महोत्सव गर्न लागेको हो ।
महोत्सवमा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय खानाका परिकारहरु रहनेछन् । सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा, झाँकी प्रदर्शन, दाेहाेरी तथा साँझमा कन्सर्ट आयोजना गरीने भएको छ ।
अध्यक्ष अट्टराईका अनुसार डिसेम्बर २९ तारिखमा अर्थात पुस १४ गते बिहान वेटर, वट्रेस रेस हुने, सिडेम्बर ३०, पुस १५ गते बिहान १० वजे डुंगा दौड हुने र डिसेम्बर ३१ तारिख, पुस १६ गते दिउँसो १ वजे गौरीघाटमा टग अफ वारको सेड्यूल रहेको छ ।
यस्तै कार्यक्रममा लाईभ व्याण्डको प्रस्तुतिमा अनुप्रस्थ, कववेब, सविन राई, लाह लाहुरे र स्थानिय व्याण्डको प्रस्तुति रहेको रहने भएकाे छ ।
लोक दोहोरीतर्फ पुस १३ गते प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शिवशरी ढुंगाना, सुरेन्द्र गुरुङको प्रस्तुति रहने भएको छ । पुस १४ गते खेम सेन्चुरी, शंकर विरही गुरुङ, निश्चल दवाडी र हास्यतर्फ दिपक थापाको प्रस्तुति रहनेछ ।
पुस १५ गते बद्री पगेनी, प्रेमराजा महत, बविता बानिया जेरी, कुमार पुन र राजन कार्कि र हास्यतर्फ राजा राजेन्द्रको प्रस्तुति रहने भएको छ ।
पुस १६ गते शान्ति श्री परियार, पुरुषोत्तम न्यौपाने, तारापती सुवेदी, हास्यतर्फ युवराज भण्डारी र राजेन्द्र नेपालीको प्रस्तुति रहने भएको छ । पुस १७ गते सम्झना भण्डारी, श्याम राना, कृष्ण अकेली र पार्वती जिसीको प्रस्तुति रहने भएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




