
काठमाडौं, १२ पुस । एनआईबिएल एस क्यापिटलको ग्रोथ फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गरिएको छ । क्यापिटलले गत पुस ७ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको फण्डको इकाईका लागि अब पुस २१ गतेसम्म आवेदन दिन सकिने भएको हो । क्यापिटलले उक्त फण्डको इकाईका लागि आवेदन दिने शुरुवाती म्याद आज पुस १२ गतेसम्मका लागि तोकेको थियो । आजसम्म माग बमोजिम आवेदन नपरेपछि म्याद थप गरिएको क्यापिटलले जनाएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १६ करोड इकाई निष्कासन गरेको हो । त्यसमध्ये १ प्रतिशतले हुन आउने १६ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ भने १९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाई कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि सुरक्षित गरिएको बताइएको छ । सर्वसाधारण लगानीकर्ताका लागि बाँकी १२ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
उक्त फण्डका लागि इच्छुक लगानीकर्ताले न्यूनतम १ सय इकाईका लागि आवेदन दिनुपर्ने र अधिकतममा १ करोड ६० लाख कित्ताका लागि आवेदन दिन सक्ने प्रावधान छ ।
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्ड एक बन्दमुखि योजना हो । योजनाको कुल आकार १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । क्यापिटलका अनुसार यो निष्कासनमा न्यूनतम ८ करोड इकाई बिक्री हुनु पर्नेछ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता गरिने क्यापिटलले जनाएको छ ।
योजनाको अवधि बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ र त्यसपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिने बताइएको छ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




