
काठमाडौं, १२ पुस । नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि नवगठित सरकारले पहिलो प्राथमिकतामा बैंक ब्याजदरलाई राख्नु पर्ने बताएको छ । संकटमा रहेको अहिलेको अर्थतन्त्रलाई सुधारात्मक बाटोतर्फ अघि बढाउन सरकारले न्यूनतम २ प्रतिशत ब्याजदर घटाउन राष्ट्र बैंकसँग समन्वय गर्नु पर्ने परिसंघका अध्यक्ष बिष्णु अग्रवालले बताएका हुन् ।
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्ष अग्रवालले तरलता संकुचन हुँदै जाँदा अर्थतन्त्रका गतिविधिहरु रोकिन थालेको बताएका छन् । तरलता संकुचन हुँदा बैंकिङ क्षेत्रले माग अनुसार कर्जा प्रवाह गर्न नसक्दा ब्याजदर उच्च भएको उनको भनाइ छ ।

बैंकको ब्याजदरका कारण नै अर्थतन्त्र चलायमान हुन नसकेकाले नयाँ सरकारलाई २ प्रतिशत विन्दुले ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउन उनले सुझाव दिएका हुन् । ‘नेपालकोअर्थतन्त्रले चुनौतीपुर्ण अवस्थाको सामना गरिरहेको छ’ उनले भने, ‘नयाँ सरकारले पहिलो चरणमा २ प्रतिशत व्याजदर घटाइदियो भने अर्थतन्त्र चलायमान हुन सक्छ ।’
पछिल्लो समय अर्थतन्त्रमा चिन्ता फैलिएको र व्यवसाय धराशयी बन्दै गएको अवस्थामा परिसंघले चिन्ता व्यक्त गरेको छ । विशेषगरी लगानी योग्य रकमको अभावका कारण अर्थतन्त्र खुम्चिरहेको उनले बताए । उनका अनुसार हाल बजारमा सबै किसिमका उत्पादनको समग्र माग घटेको छ ।

उद्योगहरुको माग ३० प्रतिशतले घटेको अध्यक्ष अग्रवालले बताए । त्यस्तै एफएमसीजी, पर्यटन र सूचना प्रविधि बाहेकका सबै क्षेत्रमा तरलता अभावका कारणले माग घटेसँगै व्यवसाय नै धराशय बनेको उनको भनाइ छ । उद्योगी र व्यापारीका लागि यो ठुलो समस्या र चिन्ताको विषय रहेको उनले बताए । यही कारण हाल मुलुकभरका कतिपय उद्योग कलकारखाना बन्द भईरहेका छन् । ‘त्यसकारण पनि अर्थतन्त्र चलायमान बनाउनका लागि ब्याज घटाउनुपर्छ’ उनी भन्छन्, ‘यसका लागि परिसंघले सरकारसँग पहल गरिरहेको छ ।’
अध्यक्ष अग्रवालले पुनर्कर्जा बापतको ६० अर्ब हाराहारी रकम पुस मसान्तमा प्रणालीबाट बाहिरिन सक्नेतर्फ इंगित गरे । स्थानीय तहको बचतलाई निक्षेपमा गणना गर्न दिइएको अवधि पनि पुसमै सकिने भएकाले तरलता झनै असहज बन्न सक्नेमा परिसंघले चासो देखाएको छ ।

नयाँ ग्राहकलाई अहिलेको निर्देशिकाअनुसार अगाडि बढ्न र पुरानालाई समयसीमा दिएर क्रमश अघि बढाउँदै लैजानुपर्ने परिसंघको माग छ । पुराना ग्राहकका लागि चालु पुँजी कर्जा मार्ग निर्देशन २ वर्षका लागि स्थगन गर्नुपर्नेमा परिसंघले जोड दिएको छ ।
स्वागत कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले असल व्यवसाय विकासका लागि सरकार, मिडिया र निजी क्षेत्रसँगै बढ्ने बताए ।
त्यस्तै परिसंघका उपाध्यक्ष कृष्ण शर्माले अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रका समस्याहरू सरकार समक्ष पु¥याउन मिडियाको भूमिका रहेको बताए । सरकारसँग सहकार्य गर्दै अर्थतन्त्र र उत्पादन क्षेत्रसँग एकता गरेर अघि बढ्ने उनको भनाइ छ ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



