
काठमाडौं, १८ पुस । ट्विटर आफ्नो कार्यालयको भाडा तिर्न नसकेपछि मुद्धा खेप्नु परेकाे छ । भाडा नतिरेपछि घरका मालिकले दाेश्राे पक्ष ट्विटर विरुद्ध मुद्दा दायर हालेका छन्।
ट्विटरकाे अमेरिकाको सान फ्रान्सिस्कोमा रहेको कार्यालयकाे लागि १ लाख ३६ हजार २५० डलर भाडा तिर्न बाँकी रहेकाे दावि गर्दै घर मालिकले ‘कोलम्बिया रीट–६५०, क्यालिफोर्निया एलएलसी’ ले मुद्दा हालेकाे ब्लुमबर्गले लेखेकाे छ । कोलम्बिया रीटले डिसेम्बर १६ तारिखमा ५ दिनभित्र भाडा उपलब्ध गराउन ट्विटरलाई सूचना पठाएकाे थियो ।
निर्धारित मितिमा ट्विटरले भाडा दिन नसकेपछि मुद्दा दर्ता भएकाे काेलम्बिया रीटले जानकारी दिएकाे छ । ट्विटरले उस्काे मुख्यालय र अन्य ग्लोबल अफिसहरुको पनि हप्तौंकाे भाडा नदिएकाे एक रिपोर्टमा जनाइएकाे छ ।
गएकाे डिसेम्बरमा पनि दुई चार्टर उडानको रकम दिन ट्विटरले नमानेपछि ट्विटर विरुद्ध मुद्दा दर्ता भएकाे थियो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




